दफा २०
कर्मचारीहरूको नियुक्ति
(१) संस्थानले आफ्नो काम कारोबार सुचारु रूपले संचालन गर्न प्रचलित कानुनको अधीनमा रही आवश्यकतानुसार कर्मचारी र सल्लाहकार नियुक्त गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम नियुक्त भएका व्यक्तिहरूको सेवाका शर्तहरू यो ऐन अन्तरगत बनेको नियमहरूद्वारा व्यवस्थित गरिनेछ ।